स्वास्थ्यलाभ गरेर स्वदेश फर्किए चन्द्र भण्डारी (भिडिओसहित)


काठमाडौं, १७ बैशाख । भारतको मुम्बईमा उपचार गरेर डा. चन्द्र भण्डारी आज स्वदेश फर्किएका छन् । विमानस्थलमा उनलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वागत गरेका थिए ।

उनी ह्विलचियरमार्फत एयरपोर्टबाट गाडी भएको ठाउँसम्म आएका हुन् । उनले विमानस्थलमा उपस्थित् सबैप्रति आभार व्यक्त गरेका थिए ।