Logo

आजपनि बारको आन्दोलन जारी



काठमाडौं, वैशाख १८ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आज पनि आन्दोलन जारी राखेको छ ।

आईतवारबाट एक हप्ताका लागि आन्दोलन शुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित बिरोध गर्न लागेको हो ।

विगत १४ महिना यता सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा अदालत चलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot