Logo

मन्त्री रिजालले गरे वृहत जुत्ता-चप्पल मेलाको अवलोकन (फोटोफिचर)



काठमाडौं, १८ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् ।

उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरुको अवलोकन गरेका हुन् । जुत्ता चप्पलका स्वदेशी उद्योग तथा उत्पादनलाई प्राथमिकता राखेर र प्रवर्द्धन गर्नुपर्ने मान्यतासहित मन्त्री रिजालले मेलाको अवलोकन गरेका हुन् ।

मेलाको अवलोकन गर्ने क्रममा मन्त्री रिजालले ३ जोर जुत्ता चप्पलसमेत खरिद गरे । मन्त्रीले मेलामा उपस्थित भएर स्वदेशी ब्राण्डप्रति चासो देखाउनु सकारात्मक कदम भएको आयोजक सबिन कार्की बताउँछन् । ‘मन्त्रीले चासोका साथ मेलाको अवलोकन गर्नुभयो,’ उनले भने, ‘स्वदेशी उद्योग र स्वदेशी ब्राण्डलाई अब सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

मन्त्री रिजालले मेलाको अवलोकन गरेपनि जुत्ता नै खरिद गर्छन् भन्ने आयोजकलाई लागेको थिएन । मन्त्री रिजालले आफ्नो लागि ३ जोर जुत्ता खरिद गरेपछि आयोजक उत्साही भएका थिए । Photo by: Gopal Shrestha/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्