Logo

हत्याको ११औं दिनमा निराको अन्त्येष्टि



काठमाडौं,१८ वैशाख । गत ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ ।

प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो ।
माइति पक्ष भने अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहभागी भएका छैनन् ।
निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।



प्रतिक्रिया दिनुहोस्