काठमाडौं, १९ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
हाल एमालेका उपाध्यक्ष रहेका बादल ०७४ सालमा गृहमन्त्री बनेका थिए । बादल गृहमन्त्री रहँदा राई ठगी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ ।
राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली आज (मंगलबार) बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।
यसअघि सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। file photo




प्रतिक्रिया