Logo

यूएईविरुद्ध गुल्सनको शानदार अर्धशतक



काठमाडौं,१९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका गुल्सन झाले यूएईविरुद्ध शानदार अर्धशतक प्रहार गरेका छन् ।

७५ बलको सामना गर्दै झाले ४ छक्का र तीन चौकाको मद्दतमा नटआउट ५१ रन बनाएका छन् ।
लगातार विकेट गुमेर दबाबमा परिरहेको अवस्थामा आक्रमक रुपमा वलिङमा उत्रिएका गुल्सनले शानदार अर्धशतक प्रहार गरेर सम्हालिरहेका छन् ।
यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा २९ ओभरमा तीन विकेट गुमाएर १०३
रन बनाएर खेलिरहेको छ ।
ओपनरहरु ओपनर कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्।

चौथो क्रममा आएका उनी पनि १ रनमै आउट भएपछि अहिले गुलशन झा र भीम सार्कीले नेपाली पारी सम्हालिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot