Logo

सरकारमा पठाउने बाँकी मन्त्रीको नाम छिट्टै तय गर्छौं : उपेन्द्र यादव



काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको स्थायित्वको लागि सबैसँग सहमति गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफू सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । आज (मंगलबार) सांसदको पद तथा गोपनियताको शपथ लिएपछि यादवले यस्तो बताएका हुन् ।

उनले सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम पनि पार्टीले छिट्टै पठाउने बताए । यादवले राजनीतिक अस्थिरताले कसैलाई हित नगर्ने बताए । उनले भने,‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’ उनले रास्वपालाई पनि सरकारमा ल्याउनको लागि पहल गरिनुपर्ने संकेत गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot