Logo

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ



काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो ।

यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् ।
राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको स्प्रष्ट पारेको छ ।

‘तीन तीन महिनामा प्रदेश सरकार परिवर्तन हुने अवस्था देखेरनै राप्रपा यो अस्थिरतामा नलागेको हो’ । राप्रपाका एक नेताले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot