Logo

नर्स अनुमा आत्महत्या प्रकरण : डा.सुजन ढकाल पक्राउ



काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीले डा.सुजन ढकाललाई पक्राउ गरेको छ ।

गत आइतवार ढकालको बोहोराटारस्थित निवासमा पुगेर वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी थिइन् ।

श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा ढकाल र उनको परिवारले पहिले विवाह गर्ने आश्वासन देखाएको तर अहिले आएर विवाह गर्न अस्वीकार गरेको उल्लेख गरेकी थिइन् ।

उनको सुसाइड नोटलाई आधार बनाएर उनका बाबुले ढकालविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दर्ता गरेका थिए ।
नर्स श्रेष्ठ र डा.ढकाल प्रेमी प्रेमीका रहेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्