Logo

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल शितलनिवासमा



काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार गराएर फर्किएपछि प्रधानमन्त्री दाहालले आज पहिलोपटक भेट्न लागेका हुन् ।

उनले सो अवसरमा राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिने बुझिएको छ । आजै दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमसमेत राखिएको छ । त्यतिञ्जेल प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग बजेटलगायत समसामयिक विषयमा छलफल गर्ने बुझिएको छ ।

कांग्रेसबाट हिजोमात्रै धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका छन् । उनीहरुले आजै पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्ने भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot