Logo

पूर्वराजासँग चिसिएको सम्बन्ध तताउँदै कमल थापा



काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वउपप्रधान एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा नजिकिन थालेका छन्।

राप्रपाको अधिवेशनदेखि पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट छु्ट्टिएर राप्रपा नेपाल खोलेका अध्यक्ष थापा फेरि पूर्वराजासँग नजिकिने कृयकलाप अगाडि बढाउन थालेका छन्।

बेलायती राजाको राज्याभिषेकको मिति नजिकिदैँ जाँदा नेपालबाट सहभागी हुन् राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको थियो। तर, राष्ट्रपति पौडेल अस्वस्थ भएर जान नसक्ने भएपछि नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार मात्रै त्यसतर्फ उँडे।

यसै विषयमा अध्यक्ष थापाले सो कार्यक्रममा पूर्वराजा शाहलाई पठाउनेपर्ने तर्क अगाडि सारेका छन्। उनले बिहीबार बिहान टि्वट गर्दै बेलायती राजाको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाउन अनुरोध गर्नु राष्ट्रहितको पक्षमा रहेको तर्क गरेका हुन्।

उनले लेखेका छन्, ‘नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने संयुक्त अधिराज्यका राजा चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पुर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुनेछ। नेपाली र बेलायती राजपरिवार बिचको आत्मिय सम्बन्धलाई देशहितमा सदुपयोग गर्नु उपयुक्त हुन्छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot