Logo

सडक दुर्घटनापरि ११ जनाको मृत्यु



एजेन्सी । भारतको केन्द्रीय राज्य छत्तीसगढमा बुधबार र बिहीबार राति भएको सडक दुर्घटनामा परी पाँच महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन्।

बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। घाइते बालकलाई राज्यको राजधानी रायपुरको एक अस्पतालमा उपचारका लागि पठाइएको छ।”

छिमेकी जिल्लामा भएको एक विवाह समारोहमा सहभागी भएर घर फर्कने क्रममा उक्त दुर्घटना भएको हो।

उनीहरुको कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको यादवले बताए। दुर्घटनापछि कारको अधिकांश भागमा क्षति भएको छ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृतक सबै एकै परिवारका सदस्य हुन्।



प्रतिक्रिया दिनुहोस्