Logo

संखुवासभामा हेलिकप्टर दुर्घटना



काठमाडौं, २२ बैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटना भएको छ।

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हो।

भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा भएको हो।

हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइएको छ।

घटनाको विवरण आउन भने बाँकी रहेको छ।

तस्वीर सौजन्य : वाङ् भोटे


प्रतिक्रिया दिनुहोस्

Screenshot