काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्ने भएको छ।
बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भएको हो।
सो बैठकमा नेविसंघ, तरुण दल र महिला संघका पदाधिकारीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ।
हालसम्म नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भएपनि अन्य पदाधिकारीहरु चयन हुन सकेका छैनन्।




प्रतिक्रिया