बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु


काठमाडौं, २३ बैशाख । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अहिलेदेखि बैठक सुरु भएको हो।

बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम र बजेटको विषयमा छलफल हुने जनाइएको छ।

शुक्रबार बसेको बैठकमा पनि सरकारको नीति–कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको र आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।