Logo

यादवले थप एक जना मन्त्रीको नाम दिन मानेनन्



काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट सरकारमा सहभागी हुने थप एक मन्त्रीको नाम तत्काल नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै जसपाका अध्यक्ष यादवलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।

तर, यादवले भने अहिले सरकारमा सहभागी हुने मन्त्रीको नाम नदिने भन्दै एक तीन दिन कुर्न आग्रह गरेका छन् । जसपाबाट यसअघि अशोक राई शिक्षामन्त्री बनिसकेका छन् । अब उसले वन मन्त्रालय पाउने भएको छ । जसपामा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् ।

अध्यक्ष यादवले आकांक्षीहरु धेरै भएकोले अहिले निर्णयमा पुग्न नसकेको कुरा बताउने गरेका छन् । जसपाले यही बैशाख २७ गते जसपाको कार्यकारिणी समितिको बैठकपछि सरकारमा सहभागी हुने एक मन्त्रीको नाम तय गर्ने भएको छ । कतिपयले भने अध्यक्ष यादव आँफै सरकारमा सहभागी हुने तयारीमा रहेको पनि चर्चा गर्न थालेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्