काठमाडौं, २५ बैशाख । नेपाली कांग्रेस सांसद अर्जुननसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको बताएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको बताएउँदै छानबिन गर्न आयोग नै गठन गर्नुपर्ने बताएका हुन्।
‘नक्कली शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको छ। यसले राष्ट्रलाई लज्जीत बनाउने काम गरेको छ। अन्त्यन्त न्यून समय भएकाले जो जहाँ जुनसुकै पदमा भएपनि छिमेकीदेखि अन्य देशहरुमा पनि पूर्वप्रधानमन्त्रीहरुमाथि कारवाही भएको छ,’ उनले भने, ‘त्यसकारण अहिले यो भ्रष्टाचारको काण्डमा यो छानविन गर्ने पक्षको नाम पनि आएकाले पूर्व प्रधानन्याधिशको संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गरेर यसलाई निश्चित टुंगोमा पुर्याउनुपर्छ।’




प्रतिक्रिया