अर्थमन्त्रीको स्वीकारोक्ति : सरकारबाट पनि पुँजी खर्च भएको छैन


काभ्रेपलान्चोक, २६ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारलेपनि पुँजी खर्च गर्न नसकेको स्विकारेका छन्।

मंगलबार राष्ट्रियसभामा संसदहरुले अगामि बजेटबारे छलफलमा उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारलेपनि पुँजी खर्च गर्न नसकेको बताएका हुन्।

‘सरकारकोतर्फबाट पनि पुँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्नेकुरामा पनि समस्या देखिएको छ। मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ। सम्बोधन हुनुपर्छ। मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ। व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुन्छ र बिजनेस भायलबल हुन्छ,’ उनले भने।