Logo

बजेटबारे एमाले सांसद् भन्छन् : सिद्धान्त र प्राथमिकता झारफुकको आधारमा गरिने उपचार विधिजस्तो



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)का सांसद् गोकर्ण बिष्टले सरकारले अगामि बजेटको बारेमा ल्याएको सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् बिष्टले सरकारले अगामि बजेटको बारेमा ल्याएको सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै भएको आरोप लगाएका हुन्।

उनले भने, ‘अर्थतन्त्रमा देखा परेको यस प्रकारका संकटहरु, अर्थतन्त्रको संकुचन र ऋणात्मक अवस्थालाई पार लगाउन केवल नियमित प्रक्रिया, केवल टालटुले प्रक्रियामात्रै पर्याप्त हुन सक्दैन। संकट अत्यन्तै गहिरो छ। तर, सरकारका सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै छन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot