Logo

कोरोना अपडेट : ५१ जना संक्रमित थपिए



काठमाडौं, २६ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जना संक्रमित थपिएका हुन्।

यस्तै, २४ घण्टामा ५१ हजार १ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा २६ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर १ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्