Logo

टोपबहादुर रायमाझीलाई केपी ओलीले भगाएको हो : राजन दाहाल (अन्तर्वार्ता)



काठमाडौं, २६ बैशाख । नेपाली कम्युनिष्ट्र पार्टी (माओवादी केन्द्र) का नेता तथा सांसद राजन दाहालले कानुनको नजरमा टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार बनेको भन्दै सरकारले पक्राउ परेर अनुसन्धानको दायरामा ल्याउने बताएका छन्।

दाहालले उक्त प्रकरण गम्भीर अपराधसँग सम्बन्धित भएकोले राज्यले अनुसन्धानमा कुनै सम्झौता नगर्ने पनि विश्वास दिलाए। हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। दाहालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री प्रचण्डले फेरि पनि भ्रष्टचारीहरुलाई जोगाउदै हुनुहुन्छ, होइन ?
-विशेषगरि भ्रष्टाचारीहरुलाई कारबाही गर्नेगरि हामीहरुले फाइल खोलेको हो। जोगाउनलाई होइन।

फाइल त खोल्नुभयो, तर दोषीलाई उम्काउन खोजिराख्नुभएको छ ? खोइ त कारबाही भएको ?
-जोगाउनलाई होइन। कारबाही प्रक्रिया त अहिले अनुसन्धानको क्रममा छ। अनुसन्धानमा तानिएकाहरु र मुछिएकाहरुलाई पक्राउ पुर्जी जारी गरिएको छ।

पक्राउ पुर्जी जारी गर्नुभएको मान्छे टोपबहादुर रायमाझी आज कहाँ हुनुहुन्छ, तपाईंलाई थाहा छ ? कानुनको नजरमा टोपबहादुर रायमाझी फरारको सूचिमा हुनुहुन्छ। तर, आजको दिनमा तपाईहरुले पनि उहाँलाई बचाउन खोजिरख्नुभएको छ ? उहाँ त पूर्वमाओवादी हो नि ?

-बचाउने उद्देश्य थियो भने फाईल नै खोलिदैनथियो। हाम्रो पार्टीका अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले सरकार निर्माणको सुरुवाती चरणदेखि संसद्मा सम्बोधन गर्ने प्रक्रिया अथवा साझा कार्यक्रममा सबैतिर उहाँले जोड के दिनुभएको छ भने– योपटक भने सुशासन र सामाजिक न्याय प्रदान गर्ने अनि भ्रष्टाचार नियन्त्रण गर्ने।

-भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्रीको संकल्प हो, तर खोइ त परीणाम ?
संकल्पबमोजिमका कामहरु त भइरहेका छन्। यसलाई सामान्य एक्सन नठान्नुहोस। तपाईले देख्नुहुन्छ नक्कली भुटानी शरणार्थी बनाएर नेपाली जनतालाई अमेरिका पुर्याउनेजस्तो गम्भीर अपराधसँग जोडिएको मुद्दाको फाइल खोलिएको छ। यो घटनामा मुछिएकाहरुहरु अनुसन्धानमा तानिएका छन्। यसको निश्चित् नियम त हुन्छ नै। कानुनी ढङगले रित पुगेका पात्रहरुलाई तानिएको छ। रित नपुगेका पात्रहरु चाहीँ अनुसन्धानको दायरामा छन्।

यो सँगसँगै आयल निगमका भ्रष्टाचारलगायत अरु भ्रष्टचारका केशहरु धेरै छन त। काण्डैकाण्ड हाम्रो देशमा वाइडबडी प्रकरण, ललिता निवास प्रकरण कहाँ पुग्यो ?

-ती सबै खुल्छन यति, ओम्नी, वाइडबडी अनि कोरोनाको समयमा स्वास्थ्य सामाग्रीमा २ अर्व भ्रष्टचार यस्ता धेरै केशहरु छन्, जुन पेन्डिङ भएर बसेका थिए। ती सबै पेन्डिङ भएर बसेका केशहरु अब बाहिर आउँछन्।

उसो भए सबै भ्रष्टाचारका फाइलहरु अब प्रचण्डले खोल्नुहुन्छ ?
-खोल्नुपर्छ। यो अहिलेको मुलुकको आवश्यकत्ता हो।

तर, उहाँलाई गार्हो होला नि त ?
-सबचिज व्यहोर्नुपर्छ। सरकारभन्दा मुलुक ठुलो प्रश्न हो। सबैभन्दा मुलुकको महारोग भनेको भ्रष्टाचार हो। भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने यो मुलुकलाई ठिक ढङगले विकास र नेतृत्व गर्न सकिँदैन। मुलुकलाई सञ्चालन गर्नपनि सकिँदैन। त्यसकारणले हामीले कुनैपनि हालतमा भ्रष्टाचारको मुद्दामा सम्झौता गर्नुहुँदैन।

तर, एमालेका नेताहरुको भनाइ के छ भन्दा फेरि क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको पनि पर्दाफास हुन्छ ? अब के त्यो पनि फाइल खोलिन्छ त ? क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको हो भनेर त्यो कुरा के ले प्रमाणित गर्छ ?क्यान्टोनमेन्टमा हुँदाखेरि अरवौं रुपैयाँ खर्च भएकै हो त, माओवादीका लडाकुहरुलाई पैसा तपाईंहरुले दिएकै हो ?

-माओवादी लडाकुहरु जब हामीहरुले यूएनको निगरानीमा अनुगमनमा हामी शिविरमा बस्यौं। हामी शिविरमा बसिसकेपछि शिविर व्यवस्थापन समिति भनेर सरकारको तर्फबाट उपसचिवस्तरको कर्मचारी शिविर व्यवस्थापन समिति आउने र शिविर व्यव्स्थापन समितिलेनै प्रत्यक लडाकुलाई मासिक भत्ता वितरण गर्ने र सम्बन्धित लडाकुबाट भरपाइ लिने। सम्बन्धित लडाकुले बुझेको भरपाई शिविर व्यबस्थापन समितिले पछि शान्ति मन्त्रालयमा ल्यायो र त्यो भरपाई अहिले गृहमन्त्रालयमा छ। फाइल खोल्यो नि सरकारकै मातहतबाट व्यबस्थापन समितिले हामीहरुलाई तलब तथा भत्ता दिईन्थ्यो। त्यो तलब/भत्ता हामीले बुझिलिएको भरपाइसहित फाइल छ। यो क्यान्टोनमेन्टको भ्रष्टाचारको केश जुन उठाइएको छ, यो अनावश्यक हल्ला हो। हाम्रो पार्टीका कुनै सदस्य न अध्यक्ष प्रचण्ड जोडिनुहुन्छ न कुनै नेता जोडिनुहुन्छ। हामी जोडिएकै छैनौं। जति क्यान्टोनमेन्ट थिए, ती अनमिनको निगरानीमा थिए। त्यसमा नेपाली सेनाको पनि प्रतिनीधि बस्दथ्यो। त्यो क्यान्टोन्मेन्टबाट शिविर व्यबस्थापन समितिले प्रत्येक लडाकुलाई बुझाउँथ्यो।

लडाकुहरुमा पनि भ्रष्टाचार भएको छ भन्ने एमालेको भनाई छ, माओवादी सेना क्यान्टुमेन्टमा बस्दाखेरि त्यहा भ्रष्टाचार भयो ?

-मुद्दा हाले भयो। गृहमन्त्रालयमा फाइल छ, खोले भयो। यदि क्यान्टुमेन्टको भ्रष्टाचार छ। भ्रष्टाचारमा हाम्रो नेतृत्व मुछिएको छ भने जेल जान्छन्। कारवाहीमा पर्छ। किनकी माओवादीको नेता भएपछि भ्रष्टाचार गर्नुपर्छ भन्ने छैन नी। माओवादी भएपछि त राम्रो हुनुपर्छ।

तर, माओवादीका नेताले भ्रष्टाचार गर्दा रहेछन नि ? आयो नि त प्रमाणहरु धमाधम ?
-हिजो राम्रो काम गरूञ्जेल सहकार्य भयो। जब उनी बिग्रे अनि खराब काम गर्न लागे खराब काम गर्ने भएपछि खराब आचरण भएपछि उनले पार्टी पनि त्यस्तै छाने, खराब नेतृत्व छाने। अहिले उनी माओवादीमा छैनन्। हिजो माओवादीमा होउञ्जेल उनले राम्रो काम गरेका थिए। राम्रो जिम्मेवारी प्राप्त गरेका थिए। त्यसकारण खराब मान्छेले पार्टी छोडे। खराब थिए र त पार्टी छोडे। असल थिए भने त माओवादीअनरुपको आचरण र व्यबहार गरेर माओवादी पार्टीमा बस्थे। त्यसकारण अहिले टोपबहादुर रायमाझीसँग माओवादीलाई जोडनुपर्ने कुनै आवश्यकत्ता देखिँदैन। टोपबहादुर रायमाझीले जुन प्रकृतिको व्यबहार देखाए अहिलेपनि उनले जुन प्रकृतिको व्यबहार देखाए अहिले पनि उनी सायद उनले प्रत्यक्ष रुपमा स्विकार गरिसकेका छन्। सुरुवातमै उनले मिडियामा अन्तर्वार्ता दिने क्रममा टोपबहादुरले मैले अन्जानमा सहयोग गरे भने। अञ्जानमा सहयोग गरे भन्न पाइन्छ ? त्यो पनि स्विकारयोग्य हो। उनले स्विकार गरेपछि केपी ओलीजी ले गिरफतार गर्दै जाने क्रममा सांसद हुन, यही काठमाडांै आएपछि गिरफतार गरेर हुन्छ। किन घेरा हाल्नी भनेर दुई दुईपटक प्रधानमन्त्रीसँग भेट्नुभयो नि।

सरकारले टोपबहादुर रायमाझीलाई पक्रन त सकेन नी ?
-विशेषगरि सरकारको तर्फबाट पक्राउ पुर्जी जारी भएको छ। गिरफ्तार गर्ने प्रक्रियामा उनी बीच बाटोबाट फरार भए।

अहिले कहाँ हुनुहुन्छ, तपाईलाई थाहा छैन् ? सरकारको सम्पर्कमा हुनुहुन्न ?
-थाहा छैन। सरकारको सम्पर्कमा त हुनुहुन्न। उहाँ ओलीजीको सम्पर्कमा हुनुहुन्छ। किनकी ओलीजीले त यहाँ बुझाउने शर्त गर्नुभएको थियो। काठमाडौं आएर कहाँ भाग्छन, उनी सांसद हुन। कहाँ भाग्छन, एमालेका सचिव हुन भनेर जबरजस्ती गरेको मान्छे अहिले भगाउने काम त ओलीजीले गर्नुभयो।

त्यसो भए केपी ओलीजीको घरमा हुनुहुन्छ त बालकोटमा ? के भन्न खोज्नुभएको हो ?
-उहाँ केपी ओलीजीको सम्पर्कमा हुनुहुन्छ। किनकी उहाँले भगाएको हो नि त।

कसरी भगाएको हुन्छ ? तपाईंहरुले समात्न नसकेको हो राजन दाहालजी ?
-केपीजीले मिडियामा भन्नुभएको छ–कुनै पनि हालतमा पक्रन पाइँदैन म आफैं बुझाउँछु भनेर। आँफै आउँछन् भन्ने कुरा त केपीजीले भनेको हो। सरकारको तर्फबाट हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं। रायमाझीको खोज कार्य जारी छ।



प्रतिक्रिया दिनुहोस्