आकस्मिक समय नपाएपछि राप्रपाद्वारा संसद बैठकमा अवरोध, १५ मिनेटका लागि संसद बैठक स्थगित


काठमाडौं, वैशाख २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरूमा राप्रपाले संसद् अवरूद्ध गरेको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरूवात गरेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरूले वेल घेराउ गरेका हुन्। राप्रपाले बैठक अवरूद्ध गरेसँगै १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।