Logo

सांसद् श्रेष्ठको बजेट च्यात्ने चेतावनी



काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सांसद् कृष्ण कुमार श्रेष्ठ(किसान) मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु। तर, म अर्थमन्त्री ज्यू मार्फत माननीय मन्त्री ज्यूहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु आगामी आउने बजेटमा मन्त्रीको क्षेत्रमा मात्र बजेट राख्ने र हामी माननीयहरूको क्षेत्रमा बजेट नराख्ने काम भयो भने सर्वप्रथम किसान श्रेष्ठले त्यो बजेट च्यातेर संसदमा विरोध गर्नेछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot