सिडेनको सातौं अधिवेशन जेठ १३मा


काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन)को सातौं अधिवेशन आगामी जेठ १३ गते हुने भएको छ।

सिडेनको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २०८० जेठ १३ गतेका लागि अधिवेशनको मिति तोकेको हो।

सिडेन अध्यक्षका प्रत्यासी उम्मेद्‍वार ई. चेतनाथ पाण्डेका अनुसार देशैभर १२ ठाउँमा मतदान केन्द्र रहनेछन् भने निर्वाचन समितिले निर्वाचन तालिका समेत प्रकाशन गरिसकेको छ।

निर्वाचनमा करिब ६ हजार ईन्जिनियरहरुले भाग लिने बताइएको छ।