काठमाडौं, वैशाख २९ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदैछन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्रमन्त्री साउद ‘छैटौँ इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन अहिले ११ बजे त्यसतर्फ प्रस्ताहन गर्न लागेका हुन् ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।
भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ ।
सम्मेलन अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस जयशंकर र बंगलादेशी रास्ट्रपतिसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
यसअघि विहिबार प्रकाशित समाचारमा परराष्ट्रमन्त्री शुक्रबार बंगलादेश जाँदै हुनुपर्नेमा ‘परराष्ट्रमन्त्री आज बंगलादेश जाँदै‘ हुन गएकोमा सच्याईएको छ ।




प्रतिक्रिया