Logo

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ



काठमाडौं,२९ वैशाख । आफुलाई कृषि विज्ञको रुपमा चिनाउने खोटाङका मदन राई पक्राउ परेका छन् ।

राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको बताए ।
उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ।

मदनले स्कुलको सहमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका थिए। मदनले उक्त फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए। file photo



प्रतिक्रिया दिनुहोस्