Logo

शरणार्थी प्रकरणमा भ्रष्टाचारीलाई बचाउन जो लाग्छ त्यहिँ सिद्धिन्छ : तामाङ (अन्तर्वार्ता)



काठमाडौं, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सांसद् हितबहादुर तामाङले नक्कली भुटानी शरणर्थीमा मुछिएका व्यक्तिहरु अनुसन्धानको दायरामा ल्याउने बताएका छन्। प्रमाणित भएका अपराधीहरुलाई हदैसम्मको कारबाहि गर्नुपर्ने उनको माग छ। उनले त्यसको निमित्त राजनीतिक दल र सरकार प्रमुखलाई खुट्टा कमाउनु हुँदैन भनी सुझाव दिए।

तामाङले उक्त प्रकरणमा अनुसन्धानको प्रक्रिया जारी रहेको बताएका छन्। बिहिबार बिहान नेपाली रेडियो नेटवर्क ( एनआरएन) बाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। तामाङसँग पत्रकार धमलाले गरेको सम्पादित अंशः

अब भ्रष्टाचारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तयार हुनु भएको हो?
-प्रधानमन्त्री भ्रष्टाचार कन्ट्रोल गर्न मात्र होईन। भ्रष्टचारीहरुलाई सम्पूर्णरुपले हदैसम्म कारबाही गर्नका निमित्त उहाँ तयार हुनुभएको छ। यो कुरा केही दिन यताको घटना क्रमले पुष्टि गरिसकेको छ। हिजो मात्र पूर्व गृहमन्त्री पक्राउ परिसक्नुभएको छ। सम्भवत: आज सम्ममा पूर्व उपप्रधानमन्त्री एबम एमालेको सचिब टोपबहादुर रायमाझीपनि प्रहरीको शरणमा आत्मसमर्पण गर्न आउने सम्भावना बढेको छ। त्यसैले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीलाई कारबाही गर्नका निमित्त तयार रहनु भएको हो।

तामाङजी तपाईंलाई थाहा छ नि अहिले त समातिएको छ। छानबिन होला। अदालतले के गर्छ? प्रहरीको रिपोर्ट बाहिर आएको छ। सरकारी वकिलकोमा पुग्दाखेरि के हुन्छ? हाम्रो देशमा रातारात भ्रष्टाचारीलाई जोगाउने कामपनि भएको छ नि विगतमा यसपटक हुँदैन?
-विगतको घट्ना क्रमहरुलाई परम्परालाई हेर्दाखेरि अब त्यस्तो हुन सक्ने आशङ्का पनि मान्छेहरुले गर्छन नै। तर, अहिले चाहिँ त्यस्तो हुने सम्भावना कम छ। किनभने हिजो मात्र तीन राजनीतिक दलका शीर्ष नेताहरुको बिचमा पनि बैठक भयो, छलफल भयो। त्यसक्रममा पनि प्रहरी प्रशासनले जुन ढङ्गले अनुसन्धानको पक्रियालाई अगाडि बढाइ राखेको छ। त्यसलाई सम्पूर्णरुपले हामी सहयोग गर्छौं। त्यसमा कुनै किसिमको बाधा अवरोध र समस्या पैँदा गर्दैनौ। भन्ने कुरा जाहेर गर्नु भएको छ। तर आरोपितहरु सबै अपराधी नै हुन्छन भन्ने पनि हुँदैन। नेपालको संविधान, कानुन, विधि प्रक्रिया र ऐनले जे व्यबस्था गरेको छ। त्यहिँ हुने हो। तपाईंले भन्नु भएको जस्तो राजनीतिक नेतृत्वप्रति, सरकारप्रति, सरकारको नेतृत्व प्रति त्यस्तो आशङ्का गर्नुपर्ने अवस्था चाहिँ हुँदैन।

तपाईंहरुको नेतृत्वले यसपटक अग्नीपरीक्षामा आफूलाई उभ्याएको छ। भ्रष्टाचारीलाई छोड्दिन भनेको छ। मानब तस्करीको सञ्जाल तोडिदैँ छ? अब त्यसमा संलग्न व्यक्तिहरु धमाधम समातिदैँ छन्? अहिले धेरैका नामहरु बोलिएका छन्। धेरैका नामहरु चाहिँ प्रतिवेदनमा भनिएको छ। तर, पक्राउ पर्न बाँकी होलान नी अरु धेरै मान्छेहरु?
-मेरो व्यक्तिगत हिसाबले भन्दाखेरि मैले केहि दिनदेखि सार्वजनिकरुपले आफ्ना भनाईहरु राखिरहेको छु। आरोपितहरु जे-जो छन् तिनीहरु सबै अनुसन्धानको दायरामा आउनु पर्छ। प्रमाणित भएका अपराधीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ। त्यसको निमित्त राजनीतिक दल र सरकार प्रमुखहरुले खुट्टा कमाउनु हुँदैन। यदि खुट्टा कमाउने काम गर्यो भने यो अपराधीहरु मात्रपनि दोषी हुँदैनन्। अपराधीहरुलाई उम्काउन र छिपाउनको निमित्त भूमिका खेल्ने। तर सरकार र नेतृत्वको हैसियतले खेल्न पर्ने भूमिका खेल्न नसक्ने ती सबै त्यो कोटिकका अपराधी भन्दापनि माथिल्लो कोटिकका अपराधी सावित हुन्छन्। त्यसकारणले अहिले मुलुकमा पार्टी, राजनीतिक नेतृत्व र राज्य प्रति नै आम नागरिकको जुन खालको अविश्वास पैँदा भएको छ। त्यो अविश्वास पैँदा हुनुको कारण पनि विगतका सरकार प्रमुखहरुले पार्टीगत नेतृत्वले यो मुलुकमा के भइरहेको छ। यो मुलुकका नागरिकमाथि हाम्रा क्रियाकलापले के कस्तो प्रभाव पारिरहेको छ। यसको असर नेपालको भविष्यलाई कुन ढङ्गले प्रभाव पार्ने हो। भन्ने किसिमले नसोच्नका कारणले पनि हो। त्यसकारण मलाई जहाँसम्म लाग्छ यसपटक यी सबै विगतका अनुभव र शिक्षाबाट पाठ लिएर सरकार र पार्टीका नेताहरुले विगतका कमजोरीहरु नदोर्योउलान भन्ने मलाई लागेको छ।

हाम्रो देशमा त जे पनि हुन्छ। भ्रष्टाचारीहरुलाई जेलमा कोच्नु पर्छ। हामीले भनेका छौं, तर अब अदालतले के गर्छ त्यो हेर्न बाँकी छ? तर पनि मानब तस्करीको सञ्जाल हो। यो संगठित अपराध हो। अपराध गर्नेहरुलाई छुट दिनु हुँदैन। त्यसमा प्रधानमन्त्री दृढ हुनुहुन्छ होईन?
-प्रधानमन्त्री र गृहमन्त्री तयार हुनुहुन्छ। तर प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता साझेदारी दलका नेता शेरबहादुर देउवापनि त्यसको निमित्त तयार हुनुपर्छ भन्ने मलाई लागेको छ।

तीन दलका शीर्ष नेताहरुले बसेर छलफल गरिरहनु भएको छ। उहाँहरुले प्रहरीलाई सहयोग गर्ने बताएका छन्। अपराधीलाई पक्रनुस् भन्नु भएको छ। अहिलेको अवस्थामा अब को-को पर्दैछन्? तपाईंले थाहापाए अनुसार पक्रने सूचिमा नामहरु?
-नाम त मलाई त्यस्तो थाहा छैन। त्यसमा धेरै जना पर्न सक्छन भन्ने बाहिर बजारमा आएको छ। सार्वजनिक भएको नामहरुमा अहिले ज–जसको नाम आएको छ। एमालेका सचिब टोपबहादुर रायमाझी एक जना हुनुभयो। पूर्वगृहमन्त्री आफैं तानिनुभएको छ। त्यसैगरी तत्कालीन गृहसचिब अहिलेका बाहलवाला सचिब पनि तानिनु भएको छ। त्यसबाहेक नेताका आफ्न्तहरु, नातेदारहरु, छोराछोरी, भाईभतिजाहरु नामहरु प्रशस्तै छन भन्ने सुनिन्छ। तर, जोसुकै भएपनि अनुसन्धानको दायरामा आउनुपर्छ। प्रमाणित भएकोलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने सबाल हाम्रो हो। व्यक्ति त को-को होलान त्यो त प्रतिवेदनले के-के लेखेका छन्? त्यो प्रतिवेदनका आधारमा पनि प्रश्नहरु उब्जिएलान सोध्ने क्रममा कैयौ व्यक्तीका नाम उजागर होलान, र भैरहेका पनि होलान त्यो अनुसन्धानमा संलग्न व्यक्तीहरुले कैयौँ कुराहरु अझै सार्वजनिक पनि गरेका छैनन्। बाहिर सार्वजनिक जे भयो त्यही कुरा त थाहा पाउने हो।

अहिलेको अवस्थामा हाम्रो देशमा भएको भ्रष्टाचारीलाई कारबाही गर्नका लागि जनमत बढेको छ। नागरीक सडकमा आएका छन्। जोसुकै भएपनि छोड्नु हुँदैन भन्ने जनमत हवार्तै बढ्यो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई पनि प्रहरीले पक्रन सक्छ कि सक्दैन? तपाईंलाई के लाग्छ?
-प्रश्न उब्जिएपछि शेरबहादुर देउवाजीको पत्नी हुन् कि त्यसबाहेकका उहाँभन्दा उच्च पदस्थका व्यक्ति नै जो कोहि भएपनि प्रश्न खडा भइसकेपछि त्यसको निवारणका लागि पनि यो मुलुकको बढ्दो आक्रोशित जनमतलाई मत्थर पार्नको लागि पनि र राज्यप्रतिले नि मुलुकको नागरिकको जुन खालको अविश्वासको स्थिति सिर्जना भएको छ। त्यसको अन्त्य गर्नका लागि पनि स्वयं व्यक्तिहरु आफै चाहिँ गिरफ्तारी दिएर अनुसन्धानका निमित्त जानकारी दिनुपर्छ भन्ने पक्षमा छु।

जो सुकैहोस सहयोग गर्नुपर्छ होईन? भ्रष्टाचारीहरुलाई बचाउन पार्टी शेरबहादुर देउवा, देशको प्रधानमन्त्री भएपछि प्रचण्डपनि लाग्नु भएन र केपी शर्मा ओली पनि लाग्नु भएन?
-लाग्यो कि त सिद्धियो, त्यो व्यक्तिले नेतृत्व गर्ने संस्थासमेत डुब्ने खालको खतरा छ। अहिले जनमतकै हिसाबले विकास भएको छ। त्यो नेतृत्व सबैले ख्याल गर्नुपर्ने स्थितिमा छ। हामी आइपुगेका छौं। यो हिजो जस्तै आरोप लाग्दै गर्छ। त्यतिकै सेलाउदै जान्छ। भन्छन नि मान्छेले हात्ति हिड्दैँ गर्छ पाइला मेट्दै जान्छ। भन्ने हिसाबले अहिलेको अपराधी शृङ्खला जो नेपालको नागरिकलाई अनागरिक बनाएर संगठित हिसाबले संस्थागतरुपले हदैसम्मको यो मानव तस्कर गर्ने शृङ्खला देखियो यसको विरुद्धमा त सबै लाग्नुपर्छ। नेपालको संविधान, कानुनले व्यबस्था गरे अनुसारका सबै खालका ती षडयन्त्रहरुलाई सबैले सहयोग गर्नुपर्छ होईन भने त्यहिँ व्यक्तिहरुको बारेमा प्रश्न उब्जिन्छ र यदि उनै र कानुनले त्यसको कारबाही हुँदैन भने नागरिक समाजले आफ्नै ढङ्गबाट कारबाही गर्ने स्थिति सिर्जना हुन्छ भन्ने कुरामा सबै गम्भिरतापूर्वक लाग्नुपर्ने स्थिति हो।

देशमा भ्रष्टाचारका लागि एउटा अभियान सुरु भएको छ? जनताहरु अब चुप लागेर बस्दैनन्? आज टोपबहादुर रायमाझी सार्वजनिक हुनुहुन्छ। प्रहरीमा आत्मसमर्पण गर्नुहुन्छ उहाँले?
-उहाँको त हदैसम्मको लापरबाही देखियो, अलिकति नैतिकताको ख्याल भएको मान्छे हो भने जतिखेर पुर्जी काटिएको भन्ने कुरा सार्वजनिक भएको थियो। त्यो बेलामा नै उहाँ आइसक्नुपर्थ्यो। अहिले उहाँ बिरामी छु भन्ने बाहानाबाजी गरेको एउटा सानो नोट बाहिर सार्वजनिक गर्नु भएको छ। बिरामी हो भने उहाँ कुन अस्पतालमा हुनुहुन्छ? के रोगले बिरामी पर्नु भएको छ? त्यो कुरा सार्वजनिक गर्नुपर्छ। त्यतिको स्तरको एउटा स्तरको मान्छेले। अब हिजो ५:३० बजे तिर नै प्रहरीको सम्पर्कमा जान्छु भनेर उहाँले नोट जारी गर्नु भएको हल्लामा आएको थियो। त्यो कुरामा हामीले विश्वास गरिरहेका थियौ। उहाँ फेरि अहिले पुन: प्रहरीको सम्पर्कमा आउनु भएको छैन। भन्ने कुरा छ। अलिकति पनि थोरै उहाँमा नैतिकता छ भने उहाँ आइसक्नुपर्ने थियो। उहाँ आउनु भएको छैन। सम्भवतः आज आउनु हुन्छ की जस्तो लागेको छ। त्यो अनुसन्धानमा संलग्न निकायहरुलाई थाहा होला।

आज टोपबहादुर रायमाझी सार्वजनिक हुनुभएन। प्रहरीसामु आत्मसमर्पण गर्नु भएन भने नेपाल प्रहरीले खोजेर लिएर भएपनि कारबाही गर्नुपर्छ पक्रन पर्यो नी होईन?
-त्यो त अहिले पनि सम्भवतः प्रहरीहरु खटिएकै छन जस्तो लाग्छ। गृह मन्त्रालयले निर्देशन दिइसकेको छ भन्ने लाग्छ। होईन भने पनि गृहमन्त्रालय यो हद्सम्म अपराध गर्ने। अपराधीको पक्षमा दर्हो खालको कदम चाल्न सकेन भने अहिले गृहमन्त्री, सरकार, प्रधानमन्त्री र राजनीतिक दलहरुले जुन खालको विश्वास गरेको छ। तपाईंले भनेको जस्तै यो विश्वास चाहिँ गुम्दै जानेखालको स्थिति पैदा हुन्छ। त्यसकारण चाँडै नै नेपाल प्रहरीले समाउन सफल होलान भन्ने लाग्छ।

यो सरकारको बारेमा चर्चा सुरु भएको छ। सरकारलाई समस्या आउने हो कि? गठबन्धनमाथि विभिन्न किसिमको संकट आउने होकी? तपाईंलाई के लाग्छ? सरकार अब तलमाथि हुने होकि? प्रधानमन्त्री प्रचण्डको विकल्प कांग्रेसले, एमालेले पनि खोज्ने होकि? तपाईंलाई के लाग्छ यो प्रकरणमा सरकार अप्ठयारोमा पर्दैन?
-सरकार अप्ठयारोमा पर्ला न नपर्ला त्यो आफ्नो ठाउँमा छ। मैले प्रधानमन्त्री ज्यूलाई बरु तपाईंले सरकार छोडनुस्। यो अपराधीलाई नछोडनुहोस् भनेको छु। यो अहिलेसम्मको अवस्था जुन ढङ्गले सिर्जना भयो। नेपालको राजनीतिक दल, राजनीतिक नेतृत्व र समग्र राज्य संयन्त्रप्रति नै जनतामा जुन अविश्वास पैदा भइरहेको छ, त्यो पैदा हुनुको मुल कारण भनेको भ्रष्टाचारमा संलग्न नेता, कार्यकर्ता र प्रशासनलाई नेपालको प्रचलीत संविधान र कानुन मुतावी जुन हिसाबले कारबाही गर्नुपर्ने थियो। त्यो कारबाही गर्न नसक्नाको कारणले हो। अब यो स्थितिलाई निरन्तरता दिने वा ब्रेक गर्ने यो परीक्षणको घडीमा हामी आएका छौं। त्यसकारणले बरु सरकार छोडनुस् भ्रष्टाचारीलाई नछोडनुस् भनेर हामीहरुले भनिराखेका छौं। प्रधानमन्त्रीले त्यो कुरामा सहमति जनाउनु भएको छ। त्यसैले यो सरकार टिकोस् नटिकोस् मतलब छैन। भ्रष्टाचारीलाई पूर्णरुपमा उन्मूलन गर्ने हिसाबले भ्रष्टाचारलाई पूर्णरुपमा निषेध गर्ने हिसाबले लाग्नु पर्छ।

मलाई जहाँसम्म लाग्छ अघि तपाईंले भने जस्तै मानव तस्कर, संगठीत अपराधीहरुलाई र संस्थागत हिसाबले जो-जो लागिरहेका छन्। तिनीहरुलाई कारबाही गर्दाखेरि यो सरकारमा फेरबदल आउँछ जस्तो मलाई लाग्दैन।



प्रतिक्रिया दिनुहोस्