Logo

जसपा : संसदीय दलको नेता बन्दै अध्यक्ष यादव, नेता चुनेपछि मात्रै मन्त्री पठाउने



काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चुनेपछि मात्रै मन्त्री पठाउने भएको छ।

यसअघि जसपाका संसदीय दलका नेता रहेका रामशहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि सो पद खालि रहेको थियो।

सो पदमा हालमात्रै संसद्‍मा निर्वाचित भएका अध्यक्ष उपेन्द्र यादवलाई ल्याउने जसपाको तयारी रहेको छ।

नेता चुनिएपछि मात्रै जसपाले मन्त्री पठाउने तयारी गरेको हो।

जसपाको भागमा सरकारमा १ मन्त्री बाँकी रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot