Logo

भुटानी शरणार्थीको गुनासो : कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो



दमक, वैशाख ३० । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका :को सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ।

रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन्। उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो तर यसरी राष्ट्रियताविहीन बनाउन भएन।”

भुटानी शरणार्थी शिविर बेलडाँगीका ५५ वर्षीय मधुलाल चापागाईंले भुटानबाट आएर शिविरमा रहेको र परिवारका धेरै सदस्य तेस्रो देश पुनर्वास भइसकेको अवस्थामा बिनाकारण आफूहरूलाई राज्यविहीन बनाइएको गुनासो गर्दै भने, “फोटो पनि खिचिएको थियो तर पछि शरणार्थी परिचयपत्र उपलब्ध गराइएन।”

बेलडाँगी–२ हालको ‘सी’ चार ३८५ र पुरानो ‘जी’ दुई १४ हटमा बसोबास गर्दै आएका चापागाईंले आफ्ना आमाबाबु र दाजुभाउजूको सबै परिवारसहित तेस्रो देश पुनर्वास भइसके पनि आफूले अहिलेसम्म शरणार्थीको दर्जा माग्न हारगुहार गरिरहनुपरेको बताए। “मलाई जन्म दिने आमाबाबु तेस्रो देश पुगिसक्नुभयो तर म चाहिँ भौँतारिइरहेको छु,” उनले भने।

भुटानमा रहँदाका सबै कागजपत्र पेस गरेको, सरजमिन मुचुल्का बनाएको र फोटोसमेत खिचिसकेको अवस्थामा आफू चाहिँ शरणार्थी नहुने तर नक्कली भुटानी शरणार्थी बनेर विदेश जाने भन्ने सुन्दा मन धेरै रोएको छ भन्दै उनले आफूहरूलाई राष्ट्रियताविहीन बनाइएको आरोप लगाए ।

शिविरभित्र रहेका ६७ वर्षीय पदमलाल पोखरेलले शिविरमा कहिल्यै नआएका र शिविर नै नदेखेकालाई शरणार्थी बनाएर अमेरिका पठाउने काम भएको तर आफूहरू भने शिविरमा धुरुधुरु रुँदै बसेको बताए।

बेलडाँगी–३ का ६८ वर्षीय राम प्रधानले शरणार्थी शिविरमा नै बुढो भइसकेको उल्लेख गर्दै आफूहरूलाई अहिलेसम्म अन्योलमा राख्ने काम भएको बताए।

भुटानी शरणार्थी शिविरमा विभिन्न कारणले फोटो खिच्न छुटेका, प्रमाणीकरण भएका बेला अन्यत्र काम विशेषले गएका, शिविरभन्दा बाहिर तथा अन्यत्रबाट विवाह गरेर ल्याएका महिला र विवाह गर्ने भुटानी शरणार्थी पुरुष अहिले शिविरमा आफ्नो पहिचान खोज्दै बसेका पाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot