प्रहरीका २२ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस


काठमाडौं, वैशाख ३० । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।