Logo

स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री बस्नेत



काठमाडौं,३१ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

सिन्धुपाल्चोकको हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले ‍अहिले गरीबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको बताए। उनले यस्तो अवस्थाको अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए।

अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजानुपर्ने बाध्यात्मक अवस्था भएको उल्लेख गर्दै उनले सुर्तीन्य पदार्थमा कर बढाइ सो करबाट गरीबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot