Logo

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ



काठमाडौं,३१ वैशाख । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमही नगरपालिका–८, सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरी रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्