Logo

जुवातास खेलिरहेको अवस्थामा ६ जना काठमाडौंबाट पक्राउ



काठमाडौं,३१ वैशाख। काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका ५० वर्षीय निमा शेर्पासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्