Logo

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ



काठमाडौं,३१ वैशाख । आफ्नै ५० वर्षीया श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–८ मा डेरा गरी बस्ने धनकुटाको चौबिसे गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आफ्नै श्रीमती मोतीमाया पौडेलको हत्या गरेको आरोप लागेको छ ।

उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot