Logo

एमाले नेता रायमाझीलाई आज अदालत पेस गरिंदै



काठमाडौं,१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका निलम्वीत सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँने भएको छ ।

आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्