काभ्रे, जेठ १ । आइतबारको वर्षापछि आएको बाढीले बीपी राजमार्गमा बगाएर ल्याएको लेदोमा चार वटा गाडि पुरिएका छन् । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीमा गाडीहरु पुरिएका हुन् ।
लेदोले पुरेका चार वटा गाडी अहिले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका–९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको छ। बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको राजमार्ग अहिले एकतर्फी सुचारु भएको छ।





प्रतिक्रिया