नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खांणको बयान सुरू


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाएको आरोप लागेका पूर्वगृहमन्त्री  खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो ।

सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो । file photo