काठमाडौं,१ जेठ । ‘संघयि संसद्को संयुक्त वैठक र संयुक्त कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन भएको छ ।
प्रतिनिधिसभाको आजको वैठकमा सांसद देवेन्द्र पौडेलले प्रस्ताव गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारीत भएको हो ।
१६ सदस्यीय मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन् ।




प्रतिक्रिया