Logo

कानुनी रुपमै दर्ता भयो विद्युतीय मोटरसाइकल ‘यात्री’



काठमाडौं,२ जेठ । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्री कानुनी रुपमै पहिलो पटक दर्ता भएको छ ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको यात्री मोटरसाइकलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । योसँगै आयातको कागजबिनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी(१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो । तर, दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका थिएनन् । कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको थियो । अब भने दर्ता सुरू भएको छ । यात्रीको पी १ मोटरसाइकल नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस्