Logo

यस वर्षको ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ पन्थी र गोर्खालीलाई



काठमाडौं,२ जेठ । दायित्व वाङ्मय प्रतिष्ठानले बर्सेनि अर्पण गर्दै आएका विभिन्न सम्मान तथा पुरस्कारको यसवर्षको नामावली घोषणा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले गुल्मीका शशी पन्थी र काठमाडौंका रमेश गोर्खालीलाई यस वर्षको ‘दायित्व वाङ्मय विशिष्ट सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले अर्घाखाँचीका विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई ‘दायित्व वाङ्मय सम्मान’ प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले ‘विद्वच्छिरोमणि हेमराज पुरस्कार’ कोशकार चूडामणि गौतमलाई, ‘दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ वसन्त रिजाललाई, ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार’ डा. जया सत्याललाई र ‘हरिकला–गुणाकर दायित्व रचना पुरस्कार’ साहित्यिक पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्