Logo

भ्रष्टाचार र कुशासनविरुद्ध निर्भिकतापूर्वक अगाडि बढ्छौंः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, २ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासन समृद्धिको बाधक बनेको बताएका छन् । आज (मंगलबार) को संसदीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र कुशासनकाविरुद्धमा सरकार दृढता र निर्भिकतापूर्वक अगाडि बढ्ने उनको भनाई छ ।

‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक ठानेका छौं भ्रष्टाचार र कुशासनलाई । यसलाई समाधान गर्न हामीले अरुपनि यस प्रकारका जतिपनि समस्याहरु छन् त्यसलाई समाधान गर्न दृढतापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता म यो समितिमार्फत व्यक्त गर्न चाहन्छु,’– मन्त्री श्रेष्ठले भने ।

साथै, नेपालीलाई भुटानी शरणार्थीको रुपमा विदेश पठाउने र सम्पत्ति आर्जन गर्नेका विरुद्धमा सरकार, गृहमन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको उनले बताए । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot