काठमाडौं, २ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको गठबन्धन सरकारमा आफूहरुको सुझाव कार्यान्वयन नभएको गुनासो गरेका छन् ।
गठबन्धन दलको बैठकबाट बाहिरिएका केसीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको सुझाव कार्यान्वयन गर्नका लागि नै प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
‘नयाँ शिराबाट जानुपर्छ, यथास्थितिवादले मुलुक धानिन्न भन्ने कुरा हो हाम्रो । सुझाव कार्यान्वयन हुँदैन, सुझाव कार्यान्वयन गर्नपर्छ भन्ने हाम्रो सुझाव हो,’– केसीले भने ।
आजको बैठकमा सरकारका नीति तथा कार्यक्रमका बारेमा छलफल भएको उनले बताए । बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाका बारेमा पनि छलफल भएको उनले बताए । अहिले मुलुकका हरेक क्षेत्रमा गडबढी रहेको उनको दाबी छ ।
‘सरकारको नीति तथा कार्यक्रम आउँदै छ । त्यसमा अहिलेको अर्थ व्यवस्था मुलुकको अवस्थाको बारेमा छलफल भयो । केही मानीयहरुले सुझाव दिनुभयो । समय नभएको हुनाले हामीले सुझाव भरेभोलि लेखेर दिने कुरा छ । हाम्रा सुझाव कार्यान्वयन हुने भए त राष्ट्रको धेरै ठाउँ लथालिङ्ग छ । कृषिमा, उद्योगमा, स्वास्थ्यमा, शिक्षामा कहाँ छैन गडबढी ? त्यसकारण त्यो सुधार गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया