Logo

प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ : नेता बडू



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका सांसद तथा नेता दीलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ना जिल्ला जिल्लामा गर्नुपर्ने बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्ना जिल्ला जिल्लाबाट गुर्नुपर्ने बताएका हु्न्।

‘अब दुई, तीन दिनपछि नेपाल प्रहरीको भर्तीका लागि अन्तर्वार्ता भइरहेको छ। प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तर्वार्ता भइरहेको छ, त्यसले ठूलो भीड काठमाडौंमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्म उनीहरुले प्रदेशमा रेर आफ्नो आफ्नो तर अन्तर्वार्ताका लागि काठमाडौं सबैलाई बोलाइयो। पहिला त हाम्रो जस्तो दुर्गम जिल्लाहरु सदरमुकाममा आउँदा त ऋण निकालेर आउँछन्, ठूलो बोझ पर्छ आर्थिक रूपमा अन्तर्वार्ताका लागि काठमाडौं बोलाउने कुरा अब हुनु हुँदैन।’



प्रतिक्रिया दिनुहोस्