Logo

मञ्जु खाँणलाई फोन गर्दा….



काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य मञ्जु खाँण विदेश नगएको बताइएको छ । खाँणको नम्बरमा फोन गर्दा अरुनै कसैले फोन उठाएका थिए । उनले मञ्जु केही समय अघि घरमै फोन छाडेर बाहिर गएको बताए । ‘मोबाइल छोडेर गएकी रहिछन्, उ (मञ्जु) आएपछि यहाँको फोन आएको थियो भनिदिउँला,’– उनले भने ।

केही दिन अघिदेखि मिडियामा मञ्जु अष्ट्रेलिया गएको भन्ने समाचार आएपनि उनले त्यो सत्य नभएको बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा उनको नाम पनि मुछिएपछि पक्राउ पुर्जी जारी हुनुअघि नै मञ्जुले नेपाल छाडेको समाचार आएको थियो । मञ्जुका पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण सोही मुद्दामा प्रहरी हिरासतमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot