भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ


काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा रिजाललाई झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शरणार्थी बनाई अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा रिजालको पनि मिलेमतो देखिएकाले उनले पक्राउ गरिएको प्रहरीले जनाएको छ।