Logo

नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध होः जितेन्द्र नारायण देव



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य रहेका जितेन्द्र नारायण देवले भ्रष्टाचार अहिलेको प्रमुख समस्या भएको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा राम्रा काम गर्न सकेको खण्डमा अग्रगमनको बाटो सुरक्षित रहेको उनले बताए ।

‘हाम्रो मुलु्कमा भ्रष्टाचार संस्थागत छ । बु्झ्नुपर्ने कुरा के हो भने अहिले मुलुकको पहिलो समस्या के हो ? अहिले देशको मुल समस्या भनेको भ्रष्टाचार हो । भ्रष्टाचारको सन्दर्भमा सरकारले राम्रो काम गर्न सक्यो भने अग्र गमनको बाटो सुरक्षित भएर अगागि जान्छ । भ्रष्टाचारको बाटोमा खुट्टा कमायो र भ्रष्टाचार बढ्यो भने यही इस्युमा बुई चढेर प्रतिगनम गर्छन । अहिलेको सन्दर्भमा भ्रष्टाचार, सुशासन र सेवा प्रभाव मुख्य हो,’– उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष फस्न नहुने र कोही दोषी उम्कन पनि नहुने उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारमात्रै नभएर राज्यविरुद्धको अपराध भएको उनको भनाई छ । उक्त प्रकरणको छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले छाडिदिनुपर्ने, कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राख्न नहुने उनले बताए ।

‘अहिलेको भुटानी शरणार्थी प्रकरणमा कोही निर्दोष फस्न हुन्न, कोही दोषी छुट्न हुन्न । चाहे जोसुकै होस् । यो अनुसन्धानको प्रक्रियामा राजनीतिक हस्तक्षप हुन हुँदैन । यो राज्य विरुद्धको अपराध हो । यो सामान्य भ्रष्टाचारको विषय होइन,’– उनले भने ।

साथै उनले भ्रष्टाचार नियन्त्रणका लागि राज्यले भ्रष्टा नेता, कर्मचारीमाथि निरन्तर निगरानी राख्ने आवश्यक रहेको उनको भनाई छ । कुनै अमुक व्यक्तिलाई लामो समय एउटै संस्थामा राखेको र उक्त संस्थाको नेतृत्व गर्न दिएको कारण नै नेपालमा भ्रष्टाचार मौलाएको उनको ठहर छ ।
साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्त प्रक्रियालाई परिवर्तन गर्नसमेत आवश्यक रहेको उनले बताए । अख्तियारमा नियुक्तिका क्रममा अहिले दल र नेताहरुको प्रभाव रहँदै आएको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot