शान्ति प्रकृया र संक्रमणकालीन न्यायको बाँकी काम दुई वर्षभित्र पूरा गरिने


काठमाडौं, ५ जेठ । सरकारले शान्ति प्रकृया र संक्रमणकालीन न्यायको बाँकी काम दुई वर्षभित्र पूरा गरिने बताएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत सो कुरा बताएका हुन्।

उनले भने, ‘शान्ति प्रकृया र संक्रमणकालीन न्यायको बाँकी काम दुई वर्षभित्र पूरा गरिनेछ। जनयुद्ध र जनआन्दोलनका घाइते बेपत्ता परिवार अपाङ्गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति आर्थिक सहायता उपलब्ध गराउनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथामिकता साथ अघि बढाइने छ।’