नीति तथा कार्यक्रम : जेठ ७ देखि ११ गतेसम्म छलफल हुने


काठमाडौं, ५ जेठ । सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सो बारे सदनमा जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको हो।