Logo

एमाले प्रमुख सचेतक भन्छन्– सरकारले रामराज्य बनाउनै लागेको जस्तो भ्रम दियो



काठमाडौं, ६ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा आशंका गर्ने प्रशस्त ठाउँ रहेको बताएका छन् ।
‘सामान्यतया नीति र कार्यक्रम राम्रो नै हुन्छ । अहिले पनि नराम्रो भन्नुपर्ने केही छैन । तर यथार्थको धरातलमा छ कि छैन ? नेपाललाई रामराज्य बनाउने लागेको जस्तो कर्णप्रिय र भ्रम दिन मात्र सफल हो कि ? कार्यान्वयनमा आशंका गर्ने प्रशस्त ठाउँ छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
गिरीले राजस्व परिचालन र विकास खर्चलाई ध्यान नदिइएको आरोप पनि उनले लगाए । उनले भने, ‘सरकारले के-के भन्दा राम्रो हुन्छ, त्यही भनेको छ । तर पुँजी पलायन रोक्ने कुरालाई हेरिएको छैन । सामाजिक न्याय र आर्थिक असमानता हटाउने कुरालाई सम्बोधन गरेको छैन ।’ उनले भ्रष्टाचारविरुद्ध सरकारले ल्याउने कार्यक्रममा प्रतिपक्षको सम्पूर्ण सहयोग रहने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot