Logo

भारत भ्रमणका क्रममा रेकर्ड बनाउने प्रधानमन्त्री प्रचण्डको दाबी



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा रेकर्ड बनाउने दाबी गरेका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणका क्रममा रेकर्ड बनाउने दाबी गरेका हुन्।

उनले भने, ‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विस्वासका साथ तयारी भएको छ। मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा नेपालको राष्ट्रको पक्षमा बनाउने मेरो पूरै कोसिस छ। ’

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको उल्लेखपनि उनले गरे।



प्रतिक्रिया दिनुहोस्